‘मिस्टर भर्जिन’ रिलिज डेट तय : मूभिमान्डु क्यालेन्डर

0

फिल्म ‘मिस्टर भर्जिन’ले प्रदर्शन मिति तय गरेको छ । अब फिल्म आँउदो बर्ष २०७५ को भदौ १ गते रिलिज हुने भएको छ । वर्ल्ड-वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् ।

फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिस्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको अभिनय छ । केही समय अघि ‘टुल्की’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भइसकेको छ ।

महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर. दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आरजे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीको सम्पादन छ । टेक्निकल हेडमा दशरथ गिरी छन् ।

तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती छन् ।

Share.

About Author

Leave A Reply