‘भीमसेन’फिल्मको शुभमुहूर्त : कमेडी र एक्सनप्रधान बन्ने

0

कमेडी, रोमान्टिक र एक्सनप्रधान फिल्म ‘भीमसेन’ निर्माण हुने भएको छ । मंगलबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्म घोषणा गरियो ।

युवी फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने फिल्मलाई भोमन कटुवालले निर्देशन गर्नेछन् । संगीता बानियाँ, कोनिका घिमिरे, यादव देवकोेटा, राजु कमेडी, राजन महर्जन लगायत कलाकार छन् ।

काठमाडौं र आसपासमा खिचिने फिल्ममा पवन गौतमको छायांकन, पुष्कर सुनुवारको संगीत, राजु किराँती राईको द्धन्द्ध समेटिएको छ । निर्देशकले फिल्मको मुख्य अभिनेतामा अनुपविक्रम शाहीसँग कुरा चलिरहेको बताए ।

प्रेसमिटमा निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बक्सअफिस लागु भएपछि निर्मातालाई राहत मिल्ने बताए । उक्त अवसरमा फिल्मको शुभ मुहूर्त गरिएको थियो ।

Share.

About Author

Leave A Reply