नाटक डेटिङमा सृष्टि र सौगात, मिडियामा खुल्न थाले

0

सृष्टि श्रेष्ठ र सौगात मल्ल अहिले मायामा चुर्लुम्म डुबेका छन् । उनीहरुले खुलेरै प्रेम अभिव्यक्त गर्न थालेका छन् । गतसाता सौगातले सृष्टिलाई गहिरो प्रेम गर्ने बताएपछि त गसिपहरु निकै लेखिए ।

सिनेमा डेटिङ, सुटिङ डेटिङ त देखेकै हो, उनीहरु मंगलबार मण्डला थिएटरमा नाटक डेटिङमा भेटिए । मंचन भैरहेको नाटक ‘१२ दुर्वासा’ हेर्न सृष्टि सौगातको हात समातेर थिएटरभित्र पसिन् ।

अन्तिम लहरमा बसेर उनीहरुले झन्डै २ घन्टा लामो नाटकबाट मनोरन्जन लिए । हुन त उनीहरु दुबै नाटकसँग जोडिएका पनि छन् । मूभिमान्डु क्यामेराले यी दुबैलाई फ्रेममा कैद ग¥यो ।

मिडियासामु उति नखुल्ने यो जोडीले मुस्कान साट्यो र कम्फर्टेवल महसुस दिलायो । यसको अर्थ, सृष्टि र सौगात अहिले प्रेममा डुबेका छन् र भावनाको आदानप्रदान गरिरहेका छन् ।

Share.

About Author

Leave A Reply