ऋचा–अर्पण स्टारर ‘फेरि फेरि’ छायांकन ८५ प्रतिशत सकियोः दशैंमा रिलिज हुने

0

पुरन थापाको लेखन, निर्माण र निर्देशन रहेको कमेडी फिल्म ‘फेरि–फेरि’को ८५ प्रतिशत छायांकन सकिएको छ । माघ तेस्रो सातादेखि सुटिङ थालिएको फिल्ममा अर्पण थापा, ऋचा शर्मा, धर्मेन्द्र आचार्य, निक शर्मा, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला, एलिना बाँस्कोटा लगायतको अभिनय छ ।

बिहिबार भक्तपुर, सूर्यबिनायकमा द्धन्द्ध दृश्यको छायाँकन गरियो । क्लाइमेक्स फाइट झण्डै दश दिन लगाएर खिचीएको निर्देशक पुरनले जनाए ।

‘फिल्म हेभी बनेको छ,’ निर्देशक पुरनले भने, ‘गुणस्तरिय बनाउन कुनै कसर बाँकी राखिएको छैन ।’ काठमाडौभित्रका दृश्य खिचिसकेपछि दामन, चितवन हँुदै कर्णाली पुलसम्म पुग्ने तालिका छ ।

बिहीबार गुण्डाहरुले अपहरण गरेर ल्याएको जन्ती बोकेको बसलाई अर्पण र ऋचाले बनाउने दृश्य र त्यससंगै हुने द्धन्द्धको दृश्य खिचीयो । बिगतका फिल्म बेग्लै प्रकारको भूमिका रहेको अर्पणले बताए ।

ऋचाले बिगतका फिल्ममा बिभिन्न भूमिका निर्वाह गरेको स्मरण गर्दै फेरि फेरिमा भने नौलो चरित्रमा अभिनय गर्न पाएको बताइन् । ‘एकदम रमाइलो भूमिका छ । सुरुदेखि अन्तिमसम्मनै फिल्म निकै रोमान्चक छ,’ उनले भनिन्, ‘एकदम मसलेदार फिल्म हो । त्यसैले फेरि फेरि पनि बेग्लै प्रकारको यादगार फिल्म हुनेमा मलाई बिश्वास छ ।’

निर्देशक पुरनले पनि ऋचा र अर्पणसँग काम गर्न निकै सजिलो भएको बताए । सुरेश बज्राचार्यले खिचिरहेको फिल्मको निर्मातामा पुरनका छोरा निरज थापा छन् । फिल्मलाई दशैसम्म रिलिज गर्ने तयारीमा निर्माता छन् ।

Share.

About Author

Leave A Reply