चौधरी ग्रुप र गोपिकृष्णबीच देशभर सय पर्दाका हल खोल्न टीमअप

0

कर्पोरेट घराना चौधरी ग्रुप र गोपिकृष्ण मूभिजबीच मुलुकभर १ सय पर्दासहितका मल्टिप्लेक्स फिल्म हल बनाउने सहमति भएको छ । यी दुई कम्पनीले चाँडै पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिँदैछन् ।

काठमाडौंमा मात्र ४ देखि ५ हलसहित देशभरका सबै स्थानमा हल बनाउने योजना छ । काठमाडौं उपत्यकाका केही स्थानमा यसबारे जग्गा लिलाम भैसकेको छ । मोफसलमा समेत तयारी छ ।

सीजी प्रबन्ध निर्देशक निर्वाण चौधरी स्वयम योजनामा खटिएका छन् । गोपिकृष्ण मूभिजका अध्यक्ष नीरज पौडेलले चाँडै प्रेसमिटमार्फत यसबारे जानकारी दिलाइने बताए ।

अहिले क्यूएफएक्ससँग मुलुकभर १८ पर्दा छन् । नकिम उद्दिन नेतृत्वको अग्रणी चेनले बैशाख १ गते बिर्तामोड र चाँडै सुदुरपश्चिमको धनगढीमा समेत मल्टिप्लेक्स फ्रेन्चाइज विस्तार गर्दैछ ।

Share.

About Author

Leave A Reply