करिश्मा मानन्धर स्टारर ‘हिरोज’ गीत लन्च (भिडियो)

0

फिल्म ‘हिरोज’मा समाबेश यो प्रित बोलको गीत रिलिज भएको छ । चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म गीतमा करिश्मा मानन्धर र मुकेश ढकाल ‘फिचर’ छन् ।

प्रल्हाद तिमिल्सिना र प्रबिशा अधिकारीले गाएको गीत शंकर अधिकारी घायलले लेखेका हुन् । बिकास चौधरीले संगीत गरेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

गीतमा करिश्मा र मुकेशबीचको प्रेमभाव प्रस्तुत छ । एनबी महर्जनको निर्देशनमा बनेको फिल्मका सार्वजनिक टे«लर र गीत अहिले चर्चामा छन् । एक्सन लभस्टोरी फिल्ममा बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृतिप्रेमकथा प्रस्तुत गरिएको बताइन्छ ।

फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

Share.

About Author

Leave A Reply