दीपकराज गिरी : मलाई एन्टी-हिरोमा भेराइटी लाग्छ

0

‘छक्का पञ्जा’ सिरिजमा दीपकराज गिरीको राजा पात्रलाई रुचाइयो । भिलियन नभएपनि एन्टी–हिरोको रुपमा उनी चले । सम्भवतः दर्शकले उनलाई यो पात्रको रुपमा ठूलै मार्क गरेको हुनुपर्छ ।

शुक्रबार रिलिज हुन लागेको फेमिली ड्रामा शत्रुगतेमा गिरी यस्तै स्वभावका पात्र छन् । ट्रेलरले उनलाई गुण्डाको रुपमा पोएट्रे गरेको छ । यद्यपी, फिल्ममा उनी एन्टी–हिरोको रुपमा प्रस्तुत हुँदैछन् ।

हरिवंश आचार्य हिरो र एन्टी–हिरोको रुपमा गिरीलाई प्रस्तुत गरिएको छ । पात्र मनोविज्ञान र चरित्र चित्रणका हिसाबमा गिरीको पात्र उही निरन्तरता हो । किन तपाईं सँधै नेगेटिभ पात्रको रुपमा देखिनुहुन्छ ?

मूभिमान्डुसँग गिरीको जवाफ छ : हिरोसँग खेल्नका लागि सीमा हुन्छन् । हाँस्नदेखि फाइट गर्दा पनि सीमाहरु । तर, भिलेनसँग भेराइटी हुन्छ । मलाई यस्तो पात्र गर्दा मजा आउँछ, जहाँ सीमा हुँदैन ।’

शत्रुगतेका पटकथा लेखक समेत रहेका गिरी यस्तो पात्रमा दर्शकले इन्जोय गर्ने विश्वास गर्छन् । उनी अहिले छक्का पञ्जा सिरिजको तेस्रो सिक्वेल लेखनमा व्यस्त छन् ।

Share.

About Author

Leave A Reply