सोफियालाई अनमोलको जवाफ : एस डेटिङ जान चाहन्छु

0

गतसाता रोबोट सोफिया र अनमोल केसी टक्ड अफ दी टाउन बने । राष्ट्रसंघिय नियोग युएनडीपी सम्मेलनलाई सम्बोधन गर्न काठमाडौं आइपुगेकी सोफियाले आफू नेपाली स्टार अनमोल केसीसँग डेट जान चाहेको बताएपछि उनी हेडलाइन बनिन् ।

उक्त बेला अनमोल कृ फिल्म प्रवद्र्धनका लागि हङकङमा थिए । उनी काठमाडौं आएका छन् । इन्स्टाग्राममार्फत केसीले सोफियालाई जवाफ दिँदै आफू उनीसँग डेटमा जान चाहेको बताएका छन् । उनले इन्स्टामा आफ्ना फ्यानलाई आफू डेटमा जानु उचित वा अनुचित भनेर विचार मागेका थिए ।

अधिकांशले केसी डेटमा जानुपर्ने धारणा राखेका छन् भने कतिपय डेटको विपक्षमा उभिएका छन् । आर्टिफिसियल इन्टिलिजेन्सद्धारा संचालन हुने रोबोट सोफियालाई साउदी अरबले नागरिकता दिएपछि उनी चर्चामा थिइन् ।

Share.

About Author

Leave A Reply