ह्याप्पी बर्थडे प्रबल गुरुङ !

0

हलिउडका नेपाली फेसन डिजाइनर प्रबल गुरुङ आज ३९ औं जन्मदिन सेलिव्रेट गर्दैछन् । नेपाली फेसनलाई अन्तराष्ट्रिय उचाइमा लैजान सफल यी अग्ला मान्छेलाई विश्वभरबाट बर्थडे विस गर्नेको ताँती छ ।

सिंगापुरमा जन्मिएर, नेपालमा हुर्किएका, भारतमा संघर्ष गरेका र हलिउडमा स्थापित उनी काठमाडौं बानेश्वरका हुन् । न्यूयोर्क फेसन विकमा उनले नेपाली रङ, धागो, भूगोल, संस्कृतिलाई परिधानमा उनेका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसदेखि हलिउड र बलिउड सेलेब्ससम्मले उनका पहिरन लगाएका छन् ।

उनको काठमाडौंमा शिक्षा फाउन्डेसन छ जसमार्फत उनले समाजसेवाका काम पनि गर्दै आइरहेका छन् । भूकम्पपछि उनले त्यही फाउन्डेसनमार्फत राहत र उद्दारमा खटेका थिए ।

Share.

About Author

Leave A Reply