निशाको चाहना ‘एंकर बेबी’ ?

0

मातृवात्सल्य स्त्रीका लागि सबैभन्दा सुन्दर क्षण हो । यो महसुस सम्भवतः अभिनेत्री निशा अधिकारी गर्दैछिन् । सामाजिक संजालमा लगातार पोस्ट महसुसका प्रमाण हुन् ।

बेबी बम्प तस्विर हेर्दा लाग्छ, अधिकारी उत्साहित छिन् पहिलो सन्तानलाई स्वागत गर्न लागेकोमा । यसैवर्ष क्रिकेटर प्रेमी शरद भेषवाकरसँग विहे गरेकी निशा अहिले पूर्णतः आराम गरिरहेकी छन् ।

उनी अहिले अमेरिका पुगेकी छन् । केही दिन पहिले न्यूयोर्कस्थित टाइम्स स्क्वायरबाट तस्विर पोस्ट गरेकी थिइन् । उनी गर्भवती पर्यटक बनेर अहिले अमेरिका घुमघाम व्यस्त छिन् ।

यस्तो शैलीलाई ‘एंकर बेबी’ भनिन्छ । अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त नगरेकी कुनै विदेशी महिलाले त्यहाँ पुगेर बच्चा जन्माउनुलाई एंकर बेबी भनिन्छ । के निशा यही शैलीमा अघि बढेकी हुन् । हुन् भने उनलाई शुभकामना छ ।

अहिले अन्य मुलुकका सेलेव्रिटीमा पनि एंकर बेबीको चाहना निकै बढेको देखिन्छ । हङकङ, चीन, दक्षिण कोरिया, ताइवान र नाइजेरिया एंकर बेबीको ट्रेन्डमा अगाडि रहेको बताइन्छ । खासगरि, ‘बर्थराइट सिटिजनसिप’ प्राप्त हुने भएकाले एंकर बेबीप्रति धेरैको रुचि छ ।

Share.

About Author

Leave A Reply