‘धनपति’ छायांकन माघ २७ देखि, तर छायांकारको टुंगो अझै छैन

0

अन्ततः सिनेमा ‘धनपति’ दुर्घटनामा घाइते छायांकार नीरज कँडेलको विकल्प खोज्ने निधोमा पुगेको छ । नयाँ छायांकार अनुबन्धित गर्दै माघ २७ गतेदेखि सिनेमा छायांकनमा जाने पुष्टि निर्देशक दीपेन्द्र खनालले गरे ।

असार २३ गते रिलिज मिति तोकेको सिनेमाले नयाँ छायांकारका लागि सबै विकल्प खुला गरेको छ । निर्माता एवं अभिनेता खगेन्द्र लामिछानेले ट्वीटरमार्फत उक्त मितिमै सुटमा जाने कुरा उल्लेख गरे ।

‘हामी छायांकारको खोजीमा छौं र डेटलाइन मिस गर्न चाहँदैनौं’ खनालले भने, ‘सकेसम्म उपलब्ध छायांकारलाई लिएर काम गर्छौं ।’ अहिले नेपालका ए लिस्टर सिनेम्याटोग्राफरहरु सबै व्यस्त छन् जसले गर्दा धनपतिलाई उपाय खोज्न मुस्किल छ ।

यो सोसल ड्रामा खिच्न कँडेल अनुबन्धित थिए । विहिबार राती उनी राजधानीमा सडक दुर्घटनामा घाइते भए । आइतबार उनको दाहिने काँधको शल्यक्रिया हुँदैछ । धनपतिमा खगेन्द्र र सुरक्षा पन्तको मुख्य भूमिका हुनेछ ।

Share.

About Author

Leave A Reply