हेटौंडाकी श्रृंखला खतिवडा मिस नेपाल घोषित

0

यसवर्षको मिस नेपाल २०१८ को उपाधि हेटौंडाकी श्रृंखला खतिवडाले जितेकी छन् । बुधबार बेलुका काठमाडौंमा आयोजित समारोहमा उनले उपाधि जितिन् । आगामी विश्व सुन्दरी प्रतियोगितामा उनले भाग लिनेछिन् ।

हेटौंडाकी २२ वर्षे खतिवडाको उचाइ ५ फुट ६ इन्च छ ।

मिस नेपाल युनिभर्स मनिता देवकोटा घोषित भइन् ।

मिस नेपाल अर्थ प्रिया सिग्देल बनिन् ।

मिस नेपाल इन्टरनेसनल रोनाली अमात्य घोषित भइन् ।

मिस नेपाल २०१८ श्रृंखला खतिवडा

मिस नेपाल युनिभर्स मनिता देवकोटा

मिस नेपाल अर्थ प्रिया सिग्देल

मिस नेपाल इन्टरनेसनल रोनाली अमात्य

गतवर्षकी मिस नेपाल निकिता चाण्डकले यसवर्षकी विजेतालाई ताज पहिराइदिएकी थिइन् । हिडन ट्रेजरद्धारा आयोजित यसवर्षको संस्करणमा मिस युनिभर्स थप गरिएको छ ।

ब्युटिफूल हेयर – श्रृंखला खतिवडा
मिस फ्रेन्डसिप- सायरा लामा
मिस फोटोजेनिक- महिमा सिंह
मिस पंक्चुअल- लक्ष्मी पौडेल
मिस इन्टलेक्चुअल- आश्मा ढुंगाना
बेस्ट एथ्लेट – मेघा श्रेष्ठ
मिस कन्फिडेन्ट -आस्था साःख
मिस फेसिनो – श्रृंखला खतिवडा
मिस ग्ल्यामर -मनिषा देवकोटा
पपुलर च्वाइस -सन्ध्या अधिकारी
मिस ट्यालेन्ट -रोनाली अमात्य
ब्युटी विथ पर्पोज – प्रिया सिग्देल

Share.

About Author

Leave A Reply