सृष्टि र आर्यन स्टारर ‘बाँध मायाले’ रिलिज डेट घोषणा

0

सविर श्रेष्ठको लेखन, निर्माण तथा निर्देशन रहेको फिल्म ‘बाँध माया’ले को प्रदर्शन मिति तय गरिएको छ । लभस्टोरी फिल्मलाई असोज ५ गते डिसिएनले देशव्यापी रिलिज गर्न लागेको हो । फिल्ममा आर्यन अधिकारी र सृष्टि श्रेष्ठले पहिलो पटक स्क्रिन सेयर गरेका छन् ।

डविङ भैरहेको फिल्मको चाँडै फस्टलुक्स रिलिज गर्ने निर्देशक श्रेष्ठले बताए । ‘हामी केही सातामै प्रेसमिट गरेर तपाईंहरु माझ सरप्राइज प्याकेज सार्वजनिक गर्नेछौं’ लेखक, निर्माता तथा निर्देशक श्रेष्ठले भने, ‘नाम जस्तै फिल्मले सबै दर्शकलाई बाँध्नेछ भन्ने विश्वास छ ।’

काइट्स ईन्टरटेनमेन्टको प्रस्तुति रहेको बाँध मायाले निर्माणमा रामहरी धिताल र विभेषिका श्रेष्ठले सविरसँग सहकार्य गरेका छन् । आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, विशाल चाम्लिङ र रविनहुड सेनको अभिनय छ । किशोर खड्काले डेव्यु गर्दैछन् ।

संगीत अर्जुन पोखरेल र बाबु श्रेष्ठको छायाँकन छ । रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

Share.

About Author

Leave A Reply