अपडेट : अदालतले म्याद थपेपछि माधव वाग्ले हिरासतमा, २ करोड ५२ लाख नक्कली नोट प्रहरीद्धारा बरामद (प्रहरी विज्ञप्तीसहित)

0

प्रहरीले नक्कली नोट कारोबार गरेको आरोपमा फिल्म निर्माता माधव वाग्लेलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले एक विज्ञप्ती जारी गर्दै वाग्लेलसहित ६ जनालाई पक्राउ गरेको उल्लेख गरेको छ ।

वाग्लेले निर्माण गरिरहेको फिल्म चंगाचेट छायांकनमा नोट नक्कली पाइएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले डाकेपछि वाग्ले आफै बुधबार बिहान महाराजगञ्ज प्रहरी चौकी पुगेका थिए ।

वाग्लेले निर्माण गरिरहेको फिल्म चंगाचेट छायांकनमा नोट नक्कली पाइएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले डाकेपछि वाग्ले आफै बुधबार बिहान महाराजगञ्ज प्रहरी चौकी पुगेका थिए ।

प्रहरीले थप अनुसन्धानका लागि भन्दै बुधबारै वाग्लेलाई काठमाडौं जिल्ला अदालतमा लगेर म्याद थप गरेको छ । जसअनुसार वाग्ले छानविन नसकुञ्जेल प्रहरी हिरासतमा बस्नुपर्नेछ । प्रहरीको विज्ञप्तीअनुसार हजार दरको नेपाली नक्कली नोट २ करोड ५२ लाख प्रहरीले चारढुंगेस्थित तेजेनजंग थापाको घरबाट बरामद गरेको छ ।

निर्देशक दीपेन्द्र के खनालले भने छायांकन प्रयोजनका लागि नोट प्रिन्ट गरिएको बताए । ‘तर, फिल्म छायांकन सकिएपनि आर्ट डिरेक्टरले व्यवसायिक प्रयोगमा ल्याएपछि समस्या आयो’ उनले भने । आर्ट निर्देशकलाई प्रहरीले ३ दिनअघि पक्रेको छ ।

वाग्ले ब्लकबस्टर फिल्म लुट सिरिजका निर्माता समेत हुन् । उनी निर्माता संघका बहालवाला उपाध्यक्ष समेत हुन् ।

Share.

About Author

Leave A Reply