बन्ने भयो ‘रोजी’ : हेर्नूस प्रदीप खड्काको क्रिमिनल लुक्स (फोटो कथा)

0

गोपिकृष्ण मुभिज फिल्म निर्माणमा फर्किएको छ । बुधबार नीरक पौडेलले निर्देशन गर्ने थ्रीलर फिल्म ‘रोजी’ निर्माण घोषणा गरियो । सुटिङ सेट चलचित्र विकास कम्पनीकै हलमा फिल्मबारे जानकारी दिइयो ।

प्रदीप खड्का, परमिता राणा र मिरुना मगरको मुख्य भूमिका रहने फिल्मको प्रेसमिटमा खड्का पात्र लुक्समै उपस्थित थिए । तीनै आर्टिस्टलाई कठ्घरामा उभ्याइएको थियो । खड्का हतकडीमा थिए । जटाधारी कपाल, लाग्छ जेलमा लामो समय बिताएको कुनै अपराधी ।

कठ्घरामै राखेर उनीहरुलाई प्रश्नोत्तर गरियो । निर्माताले सार्वजनिक गरेको सिनोप्सीस अनुसार प्रेमिका हत्यापछि मुख्य पात्रलाई कठ्घरामा राखेर बयान लिइन्छ । खड्काले यही पात्रको भूमिकामा अभिनय गरेका छन् । रोजी पात्रमा चाहिँ राणा छिन् ।

पछिल्लो समय आर्यन सिग्देल स्टारर होमवर्क निर्देशन गरेका पौडेल पुनः निर्देशनमा फर्किएका हुन् । अभिनेता कर्म समेत फिल्मको महत्वपूर्ण भूमिकामा रहने जनाइएको छ । लालपूजा डेब्यु एक्ट्रेस मगरको यो दोस्रो फिल्म हो । चपली हाइट २ डेब्यु गर्ल राणाको समेत यो कमब्याक हो । बुद्धिलाल मगर निर्माण नियन्त्रक हुन् । 

Share.

About Author

Leave A Reply