वाग्ले प्रकरण : छायाँ अर्थतन्त्रमा टिकेकै हो फिल्म बजार ?

0

यस आलेखको उद्देश्य फिल्म निर्माता माधव वाग्ले दोषी थिए वा निर्दोष थिए भन्ने कुराको चर्चा गर्नु होइन । उनी नक्कली मुद्दा कारोबारमा दोषी थिए भने कार्वाही हुनुपर्छ, निर्दोष थिए भने उन्मुक्ति ।

जसै, वाग्ले समातिएको खबर भाइरल बन्यो र नेपाली फिल्म तरंगित बनेको छ यसले एकसाथ केही प्रश्नको उठान गरेको छ । खासगरि, यो प्रश्न नेपाली फिल्मलाई हेर्ने आम दृष्टिकोणमा आधारित छ ।

उक्त दृष्टिकोण भनेको नेपाली फिल्ममा हुने लगानीको पारदर्शिता, स्रोत र यसको छायाँ अर्थतन्त्रसँग सम्बन्धित हो । उसै त, नेपाली फिल्ममा हुने लगानीको तीन चौंथाइ स्रोत स्पष्ट हुँदैन । छायाँ अर्थतन्त्रमा यो आधारित छ । ठीक यही बेला नक्कली नोट कारोबार प्रकरणले उक्त आशंकालाई झनै चर्काएको छ ।

खासगरि, अहिले नेपाली फिल्ममा हुने लगानी रियल स्टेट, म्यानपावर, होटल, रेष्टुरेन्ट, एनआरएन, ऋणधन हुने गरेको छ । बाहिर हेर्दा यस्तो देखिएपनि लगानीको पारदर्शिताबारे उल्लेख हुँदैन । यस्तो बेला सिर्जना हुने यस्ता प्रकरणले उद्योगलाई बदनाम मात्र गराउँछ ।

फिल्म छायांकनका लागि आवश्यक प्रप्सले कानुनी अनुमति मागेको छ भने जोसुकैले अनुमति लिनुपर्छ । फिल्म सुटिङ भन्दैमा त्यसलाई उन्मुक्ति दिनुहुँदैन । उसो त नक्कली नोट छाप्न पाइँदैन, फिल्मको लागि बाध्यकारी छाप्नैपरे राष्ट्रबैंकबाट अनुमति लिनैपर्छ । होइन भने चंगाचेटको जस्तो दुरुपयोग त हुने नै भयो । फिल्म निर्माताले आफू कानुनभन्दा माथि होइन भन्ने कमनसेन्स लगाउनैपर्छ ।

अहिले पनि नेपाली फिल्मभित्र आर्थिक ट्रान्जिक्सन गर्दा भ्याट र प्यान बिल उति प्रयोग हुँदैन । फिल्मको विज्ञापन होस् वा केही कारोबारमा छायाँ अर्थतन्त्रको प्रवृत्तिलाई आत्मसात गरिन्छ । नेपाली फिल्मलाई उद्योगको रुपमा विकास गर्न पनि यस्ता आर्थिक अनुशासन निर्माण गर्नु जरुरी छ । जसले सहिरुपमा बक्सअफिस र राज्यको आर्थिक अनुशासनको मान्यतालाई सहयोग गर्न सकोस् ।

Share.

About Author

Leave A Reply