‘डेडपुल २’ आजदेखि नेपालमा, अमेरिकाभन्दा दुई साता पहिल्यै

0

हलिउड फिल्म ‘डेडपुल २’ विहिबार नै नेपालमा रिलिज भएको छ । अमेरिका रिलिजको दुई साताअघि नै नेपालीले हेर्न पाएका हुन् ।

मल्टिप्लेक्समा एड्भान्स बुकिङ र विहिबारे ओपनिङ अनुपात आक्रामक देखिएको छ । क्यूएफएक्सका सबै सोजको अकुपेन्सी ७० प्रतिशत छ । मोफसलका पोखरासहितका मल्टिप्लेक्समा समेत राम्रो छ ।

एप्पल इन्टरटेनमेन्टले रिलिज गरेको फिल्ममा रायन रेनोल्डको मुख्य भूमिका छ । एभेन्जर्स : इन्फिनिटी वार रिलिज भएको केही सातामै उस्तै जानरा र दर्शक लक्षित फिल्म भएकाले डेडपुलले गति लिने अपेक्षा गरिएको छ । उत्तर अमेरिकामा भने दुई साता पछि मात्र रिलिज हुँदैछ । नेपाल र भारतमा शुक्रबार प्रदर्शनमा आएको छ ।

Share.

About Author

Leave A Reply