जापानमा बिक्यो ‘डमरुको डन्डिबियोँ’, डायस्पोराको रुचि अग्र्यानिक फिल्ममा

0

‘डमरुको डन्डिबियोँ’ सम्भवतः डायस्पोरामा रुचाइने नेपाली फिल्म बन्नसक्छ । यसको माग हेर्दा लाग्छ, निर्माता विदेशबाट ब्यांकेबल बन्नेछन् ।

नेपाल रिलिजपछि अमेरिका, युरोप र एसियाली मुलुकबाट निर्मातालाई मागको सन्देश आउन थालेका थिए । यही मेसोमा एसियाली मुलुक जापानमा ७ लाख राइटमा फिल्म विक्री भएको छ ।

शुक्रबारदेखि नेपालमा तेस्रो सातामा प्रदर्शन भैरहँदा छेतेन गुरुङ निर्देशित फिल्मले अग्र्यानिक कथावस्तुका कारण विदेशस्थित नेपालीमाझ लोकप्रियता कमाएको हो ।

जापानस्थित सेभेन समुराइ इन्टरनेसनल प्रतिनिधि राजु लामा र निर्माता विनोद गुरुङबीच उक्त सम्झौता भएको हो । खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको फिल्मले नेपालमा सुखद व्यापार गरेको छ ।

Share.

About Author

Leave A Reply