हलिउडमा फिल्म छायांकनका लागि यसरी छापिन्छन् नक्कली नोट

0

अमेरिकी फिल्म उद्योग हलिउडमा समेत छायांकनको उद्देश्यले नक्कली नोट छापिन्छन् । तर, त्यसो गर्न त्यहाँ निश्चित नियम, कानुन र व्यवस्थाहरु छन् ।

फिल्म छायांकनकै लागि भनेर छापिएका नोट बजारमा गएपछि प्रहरीले त्यस्ता कारोबारीलाई पक्राउ पनि गरेको छ । हलिउड प्रहरीले यस्तो हैरानी पनि खेपेको छ ।

अमेरिकामा ‘फर मोसन पिक्चर्स युज वन्ली’ ठूलो अक्षरमा लेखेर नोट छाप्ने चलन छ । ती नोट फिल्म र म्युजिक भिडियो छायांकनमा प्रयोग गरिन्छ । यही उद्देश्यले खोलिएका प्रप्स कम्पनीहरु पनि हलिउडमा टन्नै छन् ।

यस्तै एउटा कम्पनी प्रपमूभि मनीले आफ्नो वेभसाइटमा चेतावनीसहितको सूचना नै लेखेको छ । नोट छाप्नका लागि आवश्यक कानुनी व्यवस्था, दुरुपयोग भए कानुनी कार्वाहीको सूचना त्यहाँ छ । यदि यस्तो अपराधमा दोषी पाइए २० वर्ष जेल र १ लाख अमेरिकी डलर जरिवानाको व्यवस्था अमेरिकामा छ ।

Share.

About Author

Leave A Reply