फिल्म चलाउने ऋचा स्टाइल : स्कुटीमा दर्शकलाई गन्तव्यमै

0

ऋचा शर्मा अहिले आफू निर्मित एवं अभिनित फिल्म ‘सुनकेशरी’ रिलिजका लागि व्यस्त छिन् । काउन्ट डाउन सुरु भएसँगै उनलाई प्रवद्र्धन अभियान चलाउन चटारो छ ।

फिल्म पब्लिसिटीका लागि शर्माले अहिले अनलाइन भेहिकल सर्भिस टुटलसँग सहकार्य गरेकी छन् । जसअन्तर्गत उनले स्कुटी र मोटरसाइकलमार्फत यात्रुलाई गन्तव्यमा लैजाने काम गरिन् र गरिरहेकी छन् ।

यसअघि पनि कोहलपुर एक्सप्रेसमा उनले फुडमान्डूसँग मिलेर घरमै ग्राहकलाई खाना डेलिभर गर्ने अभियान चलाएकी थिइन् । शुक्रबार पहिलो दिन चार यात्रुलाई शर्माले गन्तव्यमा लगिन् ।

यात्रुसँग उनले सुनकेशरी फिल्मबारे भलाकुसारी मात्र गरिनन् हेर्न समेत आग्रह गरिन् । दर्शकसँग नजिक हुने मेसो बन्यो टुटल सहकार्य । जेठ ११ गते अर्पण थापा निर्देशित हरर फिल्म रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply