काठमाडौंमा गरियो रजनीकान्त स्टारर फिल्मलाई लोकेसन हन्टिङ, दार्जिलिङ पुगे तामिल सुपरस्टार

0

काला रिलिजको पूर्वसन्ध्यामा तालिम सुपरस्टार रजनीकान्त बुधबार बेलुका दार्जिलिङ हानिए । कात्तिक सबराजले निर्देशन गर्ने एक अनटाइटल फिल्म छायांकनलाई उनी त्यहाँ पुगेका हुन् ।

बलिउड वेब पोर्टल फस्टपोस्टका अनुसार दार्जिलिङ र सिलिगुढी लगायतका थलोमा फिल्म सुट हुनेछ । स्रोतलाई उल्लेख गर्र्दै लेखिएअनुसार फिल्मको महत्वपूर्ण सिक्वेन्स खिच्न फिल्म टीमले काठमाडौंमा समेत लोकेसन हन्टिङ गरेको छ ।

दार्जिलिङको एक कलेजबाट फिल्म सुट गरिएको जनाइएको छ । फिल्ममा मुख्य पात्र रजनीकान्त र हिमालयबीचको आध्यत्मिक सम्बन्धलाई दर्शाउने चित्रण प्रयास गरिएको छ ।

निर्देशक सबराजले यसअघि पिज्जा, जिगरठन्डा र इरैभी निर्देशन गरिसकेका छन् । फिल्ममा सबै कलाकार दक्षिण भारतीय फिल्म उद्योग कलिउड (तामिल)का कलाकार छन् ।

Share.

About Author

Leave A Reply