रोकिएको ‘क्याप्टेन’ सुटिङ सुचारु, अनमोल केसी सेटमा फर्किए

0

रोकिएको अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ छायांकन सुचारु भएको छ । शुक्रबारदेखि काठमाडौं थापागाउँमा फिल्ट सुट पुनःथालनी भयो ।

पूर्वी नेपालका विभिन्न स्थानमा फुटबल खेलसम्बद्ध सिक्वेन्स छायांकन भएपछि छायांकन स्थगित थियो । यसबीचमा निर्माताले मुस्ताङमा सात दिन लगाएर एउटा गीत खिचे ।

अनमोल केसीसहितका कास्ट एन्ड क्रिउ छायांकनमा फर्किएको निर्माता भुवन केसीले मूभिमान्डुले बताए । फिल्मले दुई साताभित्रै मुस्ताङमा सुट गरिएको गीत सार्वजनिक गर्ने तयारी थालेको छ । अझै दुई गीत खिच्नुपर्नेछ ।

आन्तरिक कारण फिल्म छायांकन अवरुद्ध थियो । अब मेडिसिटी अस्पताल, गाउँ लगायतका थलोमा फिल्म सुट हुनेछ । अझै एकमहिना फिल्म छायांकन हुने केसीले बताए ।

Share.

About Author

Leave A Reply