‘वीरगंना’ दोस्रो गीत लन्च : शिल्पा र पृथ्वीको रोमान्टिक फिचर्ड

0

महिला प्रधान एक्सन फिल्म ‘वीरगंना’ले प्रवद्र्धन अभियानलाई तीव्र तुल्याएको छ । फिल्मले दोस्रो गीत ‘तिम्रो हाम्रो मायामा…’ लन्च गरेको छ ।

गीतमा शिल्पा पोखरेल र पृथ्वीराज प्रसाइँ फिचर्ड छन् । केही महिना पहिले रिलिज भएको मंगलमका यी दुई को–स्टार हुन् । दीपक शर्माको संगीत, रघु परियारको शब्द रहेको गीतमा कृष्ण काफ्ले र रेस्मा पुनको स्वर छ ।

राजबहादुर सानेको लेखन एवं निर्देशन रहेको फिल्ममा अनुपविक्रम शाही, प्रज्वलसुजल गिरी, धिरेन शाक्य लगायतको अभिनय छ । फिल्मले यसअघि तिमी पुलिस र म पनि पुलिस गीत रिलिज गरेको छ ।

फोर्थ आइ मूभिजको ब्यानरमा फिल्म निर्माण भएको हो ।

Share.

About Author

Leave A Reply