कुसुम गुरुङ ‘मेरी मामु’की फिमेल लिड | आशुसेन ब्यानरको चौंथो फिल्ममा अनुबन्धित

0

अन्ततः आशुसेन फिल्मसको चौंथो फिल्ममा फिमेल लिड तय भएको छ । लन्डन गर्ल कुसुम गुरुङ ‘मेरी मामु’की मुख्य अभिनेत्री हुनेछिन् । निर्माता सन्तोष सेनले मूभिमान्डुसँग फिमेल लिड पुष्टि गरे ।

चाइल्ड ड्रामाका मुख्य पात्र भने ६ वर्षे बालक आयुव सेन हुनेछन् । निर्माता सेनका पुत्रसमेत रहेका उनी अहिले कार्यशालामा अभिनय प्रशिक्षण लिइरहेका छन् ।

कुसुम गुरुङ म्युजिक भिडियो छायांकन क्रममा । तस्विर : ब्रायन राई

गुरुङले आयुवकी आमाको भूमिकामा अभिनय गर्नेछिन् । यसअघि नरेन लिम्बुको फिल्म ‘आस्था’बाट सिल्भर स्क्रिन डेब्यु गरेकी कुसुमले त्यसअघि नै ‘मेरी मामु’ साइन्ड गरेकी थिइन् । लगत्तै उनी कुमार नगरकोटीले निर्देशन गर्ने अन्तराष्ट्रिय प्रोजेक्ट ‘ज्ञ’मा अनुबन्धित हुने चर्चा छ ।

सुनिल पोखरेलले निर्देशन गरेको नाटक ‘हरियो ढुंगा’मा समेत गुरुङको अभिनय छ । असार ३ गतेदेखि छायांकन सुरु हुने फिल्मको लागि अहिले निर्माता सेन लोकेसन हन्टिङमा व्यस्त छन् । सम्भवतः तीन महिनाभित्रै फिल्म प्रदर्शन हुनसक्छ ।

अयुव सेन जो मेरी मामु फिल्मका केन्द्रिय पात्र हुन् । तस्विर : आशुसेन फिल्मस प्रालि

‘प्रेमगीत २’ डेब्यु गर्ल अश्लेषा ठकुरी विशेष भूमिकामा प्रस्तुत हुनेछिन् । आगामी साता प्रेसमिटमार्फत विस्तृत प्रकाशमा ल्याइने तयारीमा छन् निर्माता । ‘चंखे शंखे पंखे’ र ‘प्रेमगीत’का दुई सिरिजपछि आशुसेन फिल्मस निर्माणमा फर्किएको हो ।

Share.

About Author

Leave A Reply