सलमानले मान्लान् नेपालको तेस्रो मिति : सन्दर्भ काठमाण्डू कन्सर्ट

0

दोस्रोपटक सलमान खानको काठमाण्डू कन्सर्ट रद्द भयो । पहिलोपटक विप्लव माओवादीलाई कारण मानियो । दोस्रो पटक सलमान आफैले मुख खोले, रेस ३ रिलिजको कारणले ।

दबंग टुरको नेपाल आयोजक ओडिसीले भने सलमानलाई नयाँ मिति प्रस्ताव गरेको छ । ८ सेप्टेम्बर मिति प्रस्ताव गर्दै ओडिसी प्रमुख सीमान्त गुरुङ केही दिनमा मुम्बइ प्रस्थान गर्दैछन् ।

के तेस्रो मितिमा कन्सर्ट होला त ? दुईपटक रोकिएकाले ढुक्क हुने स्थिती त छैन तर आयोजकहरु कन्फर्म दाबी गरिरहेका छन् । गतसाता टाइम्स अफ इन्डियासँग कुरा गर्दै सलमानले आफू नेपाल जान आतुर रहेको र नेपालीसँग अन्तक्रिया गर्न इच्छुक रहेको बताएका थिए ।

उनले रेस ३ रिलिजकै व्यस्तताले गर्दा निर्धारित मितिमा कन्र्सट गर्न असमर्थ भएको समेत बताएका थिए । रेस ३ लगत्तै सलमान दबंग रिलोडेड टुर लिएर अमेरिका र क्यानडा भ्रमणमा जाँदैछन् ।

Share.

About Author

Leave A Reply