फिल्म निर्माता माधव वाग्ले जेल चलान

0

फिल्म निर्माता माधव वाग्ले बुधबार जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले फिल्म निर्माता पुपक्र्षका लागि वाग्लेलाई जेल चलान गर्न आदेश दिएको हो ।

न्यायाधीश शिवशंकर खनालको एकल इजलासले यस्तो आदेश दिएको हो । मुद्दाको अन्तिम फैसला नहुञ्जेलसम्म वाग्ले जेलमै रहनेछन् । यसअघि उनी महाराजगञ्जस्थित प्रहरी वृत्तको हिरासतमा थिए । वाग्ले केन्द्रिय कारागारमा रहनेछन् ।

वाग्लेसँगै महेन्द्र बोगटी र अर्का एक प्राविधिक पनि जेल चलान भएका छन् । प्रेस संचालक एकलाख धरौटी र मध्यस्थता गर्ने प्रकाश सुवेदी साधारण तारेखमा रिहा भएका छन् ।

गत महिना प्रहरीले अढाइ करोड नक्कली नोट प्रकरणमा वाग्लेसहित ६ जनालाई पक्राउ गरेको थियो ।

Share.

About Author

Leave A Reply