कुमारी हलमा विश्वकप फुटबल देखाइने

0

खेलप्रेमीले अब फिल्ममात्र होइन, विश्वकप फुटबल समेत ठूलो पर्दामा हेरेर आनन्द लिन सक्नेछन् । दर्शकको यही उद्देश्यलाई मध्यनजर गर्दै क्यूएफएक्स सिनेमाज्ले कुमारी हलमा रसिया विश्वकप फुटबल देखाउने भएको छ ।

क्वार्टरफाइनलदेखि दर्शकले कुमारीमा खेलको मज्जा लिन सक्ने जानकारी क्यूएफएक्सकी जेनिस पहारीले दिइन् । विहिबारदेखि पूर्वी युरोपेली मुलुक रसियामा विश्वकप फुटबल सुरु भएको छ र यसको प्रभावमा विश्व नै फुटबल क्रेजी बनेको छ ।

अन्य केही हलले समेत क्वार्टरफाइनदेखि खेल देखाउने तयारी थालेका छन् । ३२ मुलुकले भाग लिएको विश्वकप एक महिना चल्नेछ ।

Share.

About Author

Leave A Reply