‘जय भोले’ गीत ‘उम्लियो भने पोखिन्छ’ गीत लन्च | फिचर्ड सौगात, स्वस्तिमा, खगेन्द्र र सलोन

0

सौगात मल्ल, खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का स्टारर फिल्म ‘जय भोले’को पहिलो गीत लन्च भएको छ । विहिबार आयोजित समारोहमा निर्माता अशोक शर्माले ‘उम्लियो भने पोखिन्छ…’ गीत रिलिज गरे ।

गीतमा सलोन बस्नेत, राजाराम पौडेल, जयनन्द लामा, बुद्धि तामाङ, मल्ल र लामिछाने समेत फिचर्ड छन् । राजनराज शिवाकोटीको शब्द संगीत रहेको गीतमा शिवाकोटी र मेलिना राईले स्वर दिएका छन् ।

मितिनी निर्देशन एवं निर्माताको दशकपछि शर्मा निर्माणमा फर्किएका हुन् । गीत लन्च समारोह खचाखच रह्यो । कमेडी एवं सोसल ड्रामा जानरामा बनेको फिल्मलाई शर्मा स्वयमले निर्देशन गरेका हुन् ।

लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन छ । आगामी दशैंमा अर्को प्रतीक्षित फिल्म छक्का पञ्जा ३ सँग फिल्म एकसाथ रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply