‘रेस ३’ काठमाण्डूमा असफल, यी हुन् दुई कारण

0

भारतीय बक्सअफिसमा उधुम मच्चाएपनि सलमान खान स्टारर रेस ३ नेपाली बक्सअफिसमा भने असफल भएको छ । यसका दुई कारण छन् : कमजोर वर्ड अफ माउथ र विश्वकप फुटबल ।

समिक्षकले यस फिल्मलाई निकै निराशजनक भनेका छन् तर कमाइ भने सुखद छ । भारतीय बक्सअफिसमा पनि फिल्मले मंगलबारदेखि ओरालो लागेको छ । नेपालमा अपेक्षाकृत ओपनिङ हुन सकेन ।

नेपाली दर्शकले समेत फिल्म रुचाएनन् । अन्य ठूला फिल्म नभएकाले सोज ओगटेपनि रेस ३ को अकुपेन्सी न्यून छ । बेलुकादेखि सुरु हुने विश्वकप फुटबलको प्रभाव समेत फिल्मको व्यापारमा परेको हल संचालक बताउँछन् । फुटबलले साँझ र रात्री सोजलाई डिस्टर्ब गरेको छ ।

यसैसाता रिलिज भएको हलिउड फिल्म क्वाइट प्लेस समेत बक्सअफिसमा कमजोर सावित भयो । अर्को सातामा रिलिज हुने भारतीय फिल्म सञ्जु समेत विश्वकप क्रेजकै मध्यमा रिलिज हुन लागेको हो ।

Share.

About Author

Leave A Reply