नयाँ रिलिज मितिसहित ‘अनुराग’का चार पोस्टर आउट

0

फिल्म ‘अनुराग’ले नयाँ रिलिज मितिसहित चार पोस्टर सार्वजनिक गरेको छ । पत्रकार ऋषि धमला पत्नी एलिजाको मुख्य अभिनय रहेको कारणले पनि यसको चर्चा सुरुदेखि नै छ ।

एलिजा र समुन्द्र पण्डित, दुबै डेबुटेन्ट हुन, पोस्टरमा फिचर्ड छन् । यसअघि कान्छा दाई र यस्तो साथी टाइटलका दुई गीत लन्च भैसकेका छन् । सत्यराज चौलागाइँको डेब्यु निर्देशन पनि हो ।

ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत मुख्य भूमिकामा छन् । चौलागाइँ र आगत केसीको पटकथा एवं संवाद छ ।

भरत गौतम र गीता भेट्वाल निर्माता रहेको फिल्ममा धमला चाहिँ प्रस्तुतकर्ता छन् । नेपाली मूलधारले पछ्याएको सूत्र शैलीलाई पनि फिल्मले पछ्याएको महसुस गर्न सकिन्छ ।

Share.

About Author

Leave A Reply