‘सञ्जु’लाई नेपालमा झन्डै ५ करोड ग्रस : मल्टिप्लेक्समा व्यापार उच्च

0

भारतीय अभिनेता संजय दत्तको जीवनमाथि बनेको बायोपिक फिल्म ‘सञ्जु’ले नेपाली बक्सअफिसमा समेत उछाल ल्याएको छ । दोस्रो सप्ताहन्तसम्म पनि फिल्म मल्टिप्लेक्ससहित एकल पर्दामा शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शनरत छ ।

फिल्मलाई नेपालमा गोपिकृष्ण मूभिजले रिलिज गरेको हो । नेपाल वितरण भने वैंकटेश इन्टरटेनमेन्टले गरिरहेको छ । फिल्मले १२ औं दिनसम्म झन्डै ५ करोड ग्रस रुपैयाँ कमाएको विवरणमा जनाइएको छ ।

हल संचालकका अनुसार दोस्रो साता फिल्मको व्यापार पहिलो साताकै अनुपातमा हुनसक्छ । भारतीय बक्सअफिससँगै विश्व बक्सअफिसमा समेत सञ्जुको व्यापार राम्रो छ ।

थ्री इडियट्स, मुन्न भाइ एमबीबीएस, पिकेजस्ता सुपरहिट फिल्म निर्देशन गरेका राजकुमार हिरानी, रणवीर कपुर, मनिषा कोइराला र स्वयम संजय दत्तकै कारण फिल्मले नेपालमा बलियो वर्ड अफ माउथ कमाएको हो ।

Share.

About Author

Leave A Reply