रजनीकान्त-अक्षय स्टारर ‘२.०’ मंसिर १३ गते रिलिज हुने, नेपालका ‘जाइरा’ र ‘रणवीर’ पनि सँगै

0

अन्ततः रजनीकान्त र अक्षयकुमारको प्रतीक्षित भारतीय फिल्म ‘२.०’ को अफिसियल रिलिज डेट घोषणा भएको छ । निर्माताले नयाँ पोस्टरसहित २९ नोभेम्बर २०१८ (मंसिर १३, २०७५)लाई रिलिज डेटको रुपमा तय गरेका छन् ।

निर्देशक शंकरले गएराति ट्वीटरमार्फत यस्तो जानकारी दिएका थिए । भीएफएक्स कम्पनीको प्रतिबद्धताअनुसार आफूहरुले मिति तय गरेको जानकारी उनले उल्लेख गरेका छन् ।

फिल्मलाई भारतीय फिल्म बजारमा सर्वाधिक महंगो मानिएको छ । फिल्ममा अक्षयकुमार खलपात्रको रोलमा छन् । साइन्स फिक्सन फिल्मको पोस्टरमा एउटा ठूलो चरालाई स्थान दिइएको छ ।

सत्य र असत्यबीचको लडाइ फिल्मको कथावस्तु हो । यसअघि दुईपटक फिल्मको रिलिज डेट सरेको थियो । रजनीकान्त फिल्मभित्र एक रोबोटको भूमिकामा देखिनेछन् ।

उक्त मितिमा नेपाली फिल्म ‘जाइरा’ र ‘रणवीर’ समेत रिलिज हुँदैछन् ।

Share.

About Author

Leave A Reply