‘रोमियो एन्ड मुना’ अहिले दर्शकमाझ अवेइटेड छ । ११ साउनमा नेपाल र अमेरिका प्रदर्शन हुने फिल्म ट्रेलरपछि चर्चित छ ।
खासगरि, चार एक्टमा बनाइएको ट्रेलरले सिर्जना गरेको रहस्यले फिल्मलाई थप अपेक्षित बनाइदिएको हो । दोस्रो फिचरको रुपमा फर्किएका निर्देशक नरेशकुमार केसी र रेशम फिलिलीपछि फर्किएका विनय श्रेष्ठले यसैसाता मूभिमान्डुसँग कुरा गरे ।
कला र बजारलाई सन्तुलन मिलाउन आफूले प्रयत्न गरेको केसीले बताए । श्रेष्ठ भने आफूलाई लार्जर द्यान लाइफका पात्र मनपर्ने बताउँछन् । उनी यसमा गैरआवसिय नेपाली पात्रको भूमिकामा छन् ।
सृष्टि श्रेष्ठको समेत मुख्य भूमिका रहेको फिल्मले अलग पृष्ठभूमिका दुई पात्रबीच हुने प्रेमको कथा भन्छ । हेर्नूस भिडियो :