बायोग्राफी फिल्म ‘बबी’ काठमाडौंमा प्रिमियर : हेर्नूस तस्विर

0

नर्वेपछि बायोग्राफी फिल्म ‘बबी’ प्रिमियर नेपालमा गरिएको छ । झरी परेको बुधबार बेलुका कुमारी हलमा आगन्तुक खचाखच रहे ।

मिलन चाम्स निर्देशित फिल्म प्रिमियरमा एक्टर्ज उमेश थापा, कविता गुरुङ र विजय लामा आकर्षण रहे । बबी कन्सर्टका लागि देश दौडाहामा निस्किएका गायक राजेश पायल राई पनि साथ दिन पुगे ।

मिलन चाम्स निर्देशित फिल्ममा थापा र गुरुङको वास्तविक प्रेमकथालाई चित्रत्र गरिएको छ । अन्तरजातिय प्रेमलाई चित्रण गरिएको फिल्म हेरेपछि आगन्तुकले राम्रो प्रतिक्रिया दिए ।

शुक्रबारदेखि देशव्यापी रिलिज हुँदैछ । चाम्स निर्देशित यो दोस्रो बायोपिक फिल्म हो । केही महिनाअघि दृष्टिविहिन युवती सृष्टि केसीको जीवनमाथि बनेको फिल्म ‘ब्लाइन्ड रक्स’लाई उनले निर्देशन गरेका थिए ।

Share.

About Author

Leave A Reply