‘कायरा’ गीत सुखमा लन्च : समुन्द्र, साम्राज्ञी र आर्यनको ट्रयांगल केमेस्ट्री

0

‘कायरा’का दुई ठूला विशेषता छन् । आर्यन सिग्देलको कमब्याक । पछिल्लो छिमलमा चलेकी साम्राज्ञी शाहसँग पेयरिङ । फिलिपिन्समा छायांकन गर्नुको सौन्दर्य बेग्लै छ ।

सुखमा बोलको गीत लन्च भएको छ । यी दुबै आर्टिस्ट फिचर्ड छन् । कोसिस क्षेत्रीको संगीत कम्पोज र केतन क्षेत्रीको स्वर । यो मीठासमा समुन्द्र किनारको सौन्दर्य आकर्षक लाग्छ ।

लक्ष्मण रिजालको निर्माण एवं निर्देशन छ । सम्बन्धमाथि बनेको फिल्ममा आर्यन र साम्राज्ञी दुबै आफ्नो ब्रान्डमा प्रस्तुत छन् । १८ साउनमा फिल्म रिलिज हुनेछ र दर्शक हेर्न प्रतिक्षारत छन् ।

हेर्नूस गीत :

Share.

About Author

Leave A Reply