हलिउड स्टुडियो वार्नर ब्रोजद्धारा अस्कर कलेजलाई सय फिल्म प्रदान

0

प्रतिष्ठित हलिउड स्टुडियो वार्नर ब्रोजले काठमाण्डौंस्थित अस्कर इन्टरनेसनल कलेजलाई आफूद्धारा निर्मित एवं क्रिटिक्सले रुचाएका सय फिल्मको डीभीडी उपलब्ध गराएको छ ।

कलेज प्रमुख विनोद पौडेलका अनुसार लाइव्रेरीमा ती फिल्म राखिनेछन् र शैक्षिक आवश्यकताअनुसार विद्यार्थीले हेर्न सक्नेछन् । ‘विश्वस्तरिय यी फिल्मले विद्यार्थीको बुझाइ फराकिलो हुनेछ र आँखा पनि खोलिदिनेछ’ पौडेलले मूभिमान्डुसँग भने ।

उपलब्ध गराइएका फिल्ममा अल्फ्रेड हिचक, सत्यजित रे, क्रिजिस्तोफ किलोस्की, अल प्यासिनोका संग्रह छन् । साथै, केही शाष्त्रीय अमेरिकन फिल्म, ज्याङ इमोउ, गोन विथ द वाइन्ड लगायत छन् ।

वार्नर ब्रोजसँगको सहकार्य सुरुआत मात्र भएको र भविष्यमा अन्यसँग पनि सहकार्य गर्न सकिने आशा पौडेलले व्यक्त गरे । अस्करलाई यसअघि पनि विभिन्न अन्तराष्ट्रिय स्टुडियोले शैक्षिक साम्राज्ञी र छात्रवृत्ति उपलब्ध गराइसकेका छन् ।

Share.

About Author

Leave A Reply