ट्रम्प-किमलाई सुरक्षा दिएका गोर्खा सैनिकले सिंगापुरमा ‘ब्लाइन्ड रक्स’ हेर्दै

0

नेपालमा हलबाट उत्रिसकेको महिनौं बितेपनि फिल्म ‘ब्लाइन्ड रक्स’को विश्वव्यापी चर्चा सेलाइसकेको छैन । बरु, दिनप्रतिदिन विदेशमा माग बढिरहेको छ र सोज वृद्धि भैरहेका छन् ।

उत्तर अमेरिका र युरोप प्रदर्शनपछि निकेश लिम्बु निर्मित बायोपिक फिल्मले पूर्वी एसियाली मुलुकमा आफ्नो प्रदर्शनलाई विस्तार गर्दैछ । असार ३० र ३१ गते (१४ र १५ जुलाइ)मा फिल्म सिंगापुरमा स्क्रिनिङ हुने भएको छ ।

सिंगापुरस्थित पूर्व गोखार्ली सैनिक फाउन्डेसनको अर्थ संकलनका लागि फिल्मको च्यारिटी प्रदर्शन गर्न लागिएको हो । गतमहिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमजङ उनबीचको शिखर बैठकमा सुरक्षा गरेपछि सिंगापुरे गोर्खाली सैनिकको चर्चा छ ।

स्थानिय कार्निभल सिनेमाज्मा फिल्म देखाइन लागिएको हो । एनसी इन्टरटेनमेन्ट ग्रुप र गोर्खा प्यालेस सिंगापुरले मिलेर फिल्म स्क्रिन गर्न लागेका हुन् । फिल्मप्रेमी यी समूहले सिंगापुरमा यसअघि पनि नेपाली फिल्म प्रदर्शन गरेका छन् ।

दृष्टिविहिन सृष्टि केसीको जीवनमाथि बनेको फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् जसमा बेनिशा हमालको मुख्य भूमिका छ । नेपालमा समिक्षात्मक रुपमा निकै रुचाइएको फिल्मले दुईपटक अवार्ड समेत जितिसकेको छ ।

निर्माता लिम्बु सिंगापुरपछि बेलायत लगायतका थलोमा फिल्मको प्रदर्शन गर्न लागिएको बताए । उनका अनुसार अन्य ठाउँबाट पनि माग बढेको छ र प्रदर्शनको सिलसिला रोकिने छाँटकाँट छैन । निर्माता लिम्बुका अनुसार अहिलेसम्मकै उच्च संख्यामा टिकट विक्री भएको र सोज संख्या वृद्धि हुनसक्ने सम्भावना छ । 

Share.

About Author

Leave A Reply