सलमान खानको काठमाण्डू कन्सर्टका आयोजक प्रमुख सीमान्त गुरुङ पक्राउ

0

प्रहरीले ओडिसी इन्टरटेनमेन्ट प्रमुख सीमान्त गुरुङलाई शुक्रबार ठगी आरोपमा पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरुङलाई समातेको हो ।

उनी काठमाडौंमा गर्ने भनिएको सलमान खान स्टारर दबंग रिलोडेड टुरका नेपाल आयोजक प्रमुख समेत हुन् । झुक्काएर टिकट विक्री गरी ठगी गरेको उजुरीको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएपसी धीरजप्रताप सिंहले बताए ।

सिंहले भने, ‘गुरुङले सलमान खान लगायत अन्य व्यक्ति ल्याउने भन्दै टिकट बेचेर ठगी गरेको देखिएको छ । थप अनुसन्धान गरिरहेका छौं ।’ फागुन २६ र त्यसपछि टुँडिखेलमा गर्ने भनिएको कन्सर्ट स्थगित भएको थियो ।

आयोजकले नयाँ मितिको रुपमा चाँडै भदौलाई प्रस्ताव समेत गरेका थिए । सलमान खानले समेत अन्तवार्तामार्फत कन्सर्टका लागि नेपाल आउने बताएका थिए । भाइ सोहेल त काठमाण्डूमै आइपुगेर प्रेसमिट गरे । ओडिसीले यसअघि विश्वचर्चित क्यानडियन गायक ब्रायन एडम्सलाई काठमाण्डूमा उतारिसकेको छ ।

Share.

About Author

Leave A Reply