अनुपविक्रम स्टारर ‘झमक बहादुर’ दोस्रो ट्रेलर रिलिज

0

जारी चर्चाबीच ‘झमक बहादुर’ले दोस्रो ट्रेलर रिलिज गरेको छ । अनुपविक्रम शाहीको मुख्य अभिनय रहेको फिल्ममा सुन तस्करी, अपहरण र डकैतीलाई मुख्य विषयवस्तु बनाइएको छ ।

अघिल्लो ट्रेलर रिलिज ताका भारतीय फिल्म मुम्बइ एक्सप्रेसको नक्कल भनेर आरोपित फिल्मका निर्माताले दोस्रो ट्रेलरमार्फत त्यस्तो नभएको सन्देश दिन खोजेका छन् ।

भोमन कटुवाल निर्देशित फिल्ममा शाहीलाई बहिरा पात्रको रुपमा देख्न सकिन्छ । कमेडी जनरमा बनेको फिल्मले दर्शकको मन जित्ने कुरामा निर्देशक कटुवाल आशावादी सुनिए ।

मीनकुमार तामाङ निर्माता रहेको फिल्म आगामी १८ साउनदेखि देशव्यापी रिलिज हुँदैछ । यादव देवकोटा, राजु कमेडी, कल्याण अधिकारी, सुजाता थापाको मुख्य भूमिका छ ।

Share.

About Author

Leave A Reply