नेपाली अभिनेताको डकुमेन्ट्री हलिउडको एमी अवार्डमा छानियो

0

प्रतिष्ठित अमेरिकी टेलिभिजन अवार्ड एमी मनोनयनमा नेपाली अभिनेता जसवन्तदेव श्रेष्ठ र उनी अभिनित डकुमेन्ट्री छानिएका छन् । डेनभर, कोलोराडोमा आयोजित समारोहमा मनोनयन घोषणा गरियो । समाचार, स्पेसल रिपोर्ट र डकुमेन्ट्रीलाई पुरस्कृत गरिने एमी अवार्डले आफ्नो मनोनयन सार्वजनिक गरेको हो ।

समारोहमा श्रेष्ठ आकर्षण पनि बने । अवार्डको ३२ औं संस्करणका लागि श्रेष्ठ निर्देशित डग ओरसिप फेस्टिभल (कुकुर पुज्ने पर्व) ट्यालेन्ट न्यारेटर विधामा छानिएको हो ।

निर्देशकतर्फ छोटो फिल्मबाट जसवन्त छानिएका छन् । उनले यस फिल्ममा तिहारमा नेपालमा कुकुरलाई गरिने पूजा र यसको महत्व दर्शाएका छन् । क्रिएटिभ हाइट्स इन्टरटेनमेन्टले फिल्म निर्माण गरेको हो । ‘द रिजन’ फिल्मबाट उनले सर्वोत्कृष्ट अभिनेताको अवार्ड पनि जितेका थिए ।

पोखरा घर भएका श्रेष्ठ लामो समयदेखि हलिउडमा सक्रिय छन् । आइएडीबीका अनुसार उनले दर्जनभन्दा बढी फिल्ममा अभिनय र सिर्जनात्मक पक्षमा रहेर काम गरिसकेका छन् ।

Share.

About Author

Leave A Reply