सरकारले फिल्म हल र टिभीमा क्लिनफिड नीति लागु गर्ने, बन्द हुने भए विदेशी विज्ञापन

0

सरकारले नेपाली टेलिभिजन र सिनेमा घरमा ‘क्लिनफिड’ नीति लागु गर्ने भएको छ । सोमबार चलचित्र विकास बोर्डमा आयोजित बक्सअफिस शुभारम्भ समारोहमा बोल्दै संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यस्तो घोषणा गरे ।

‘विदेशी कलाकार राखेर नेपाली आवाजमा बोलिने विज्ञापन बन्द गर्दैछ सरकार’ मन्त्री बाँस्कोटाले भने, ‘यसमा प्रत्यक्ष वा अप्रत्यक्ष दबाब पनि आउनसक्छ, तपाईंहरुको सहयोगको खाँचो छ ।’

यसअघि यादव खरेल नेतृत्वको फिल्म नीति मस्यौदा कार्यदलले क्लिनफिड लागु गर्नुपर्ने लिखित सुझाव तत्कालिन संचारमन्त्री शेरधन राईलाई बुझाएको थियो । यसो गर्न सकिए स्वदेशी कलाकारले रोजगारी पाउने र स्वदेशी सीप प्रवद्र्धन हुने विश्वास सरकारको छ ।

Share.

About Author

Leave A Reply