‘आठ कक्षा पढ्दा उहाँको फिल्म हेँरे, कायरामा रोमान्स गरिएला भन्ने सोचेकै थिइँन’ (भिडियो)

0

‘मनपरेपछि पर्‍यो । यस्तो उस्तो भन्दिन । एकपटक स्क्रिप्ट मनपर्‍यो भने तनमन लगाएरै काम गर्छु’ हालैको कायरा संवाददाता भेटघाटमा अभिनेत्री साम्राज्ञी शाहका अभिव्यक्ति थिए यी ।

फिल्म छनौटको दौरान आफूले अरु कसैको कुरा नसुन्ने बानी रहेको शाहले बताइन् । ‘कायराको स्क्रिप्ट सुन्दा सुरुमा त ठीकै लाग्यो तर, पछाडितिर यस्तो मजा लाग्यो कि म त रोएछु, सकिएको पत्तै पाइँन’ उनले अनुभव बाँडिन् ।

तर, साम्राज्ञीले खेलेजति सबै फिल्म छानेरै गरेको बताउने गर्छिन् । तर, अघिल्लो फिल्म तिमीसँग बक्सअफिसमा व्यवसायिक र समिक्षात्मकरुपमा असफल रह्यो । ‘स्क्रिप्टमा लेखिएजस्तो फिल्म नबन्नु समस्या हो’ उनले भनिन्, ‘कम्प्रमाइज गरिँदा समस्य हुने गरेको छ ।’

किन निर्माता र निर्देशकले तपाईंलाई रिपिट गर्दैनन् ? सोधिएको एक जिज्ञासामा उनी इस्केप्टिक सुनिइन् । ‘खै, मलाई थाहा छैन तर, एउटा फिल्म सकिएपछि म अर्कोमा बिजी हुने भएकाले होला’ साम्राज्ञी कथन थियो, ‘अर्को फिल्ममा स्क्रिप्ट चित्त नबुझेर पनि हुनसक्छ ।’

को–स्टार आर्यन सिग्देलका फिल्म आठ कक्षा पढ्दा खेरी हेरेको स्मरण गर्दै साम्राज्ञीले उनीसँग फिल्म खेल्ने कुरा नसोचेको बताइन् । ‘सानैमा मेरो एउटा साथी छ हेरेको थिएँ मामुसँग’ साम्राज्ञी भन्छिन्, ‘भोलि गएर उहाँसँग फिल्म खेल्ने सोचेकी पनि थिएँन तर, ममा हिरोइन भन्ने रहर चाहिँ थियो ।’ उनले आर्यनसँग काम गर्न पाउँदा खुशि मिलेको बताइन् ।

पछिल्लो समय पढे लेखेका र सम्पन्न परिवारका छोरी पनि फिल्ममा प्रवेश गरेको बताउँदै उनले आफूलाई सुरुमा घरबाट रोकिएपनि अहिले भने त्यस्तो नभएको बताउँछिन् । ‘परिवारलाई फिल्ममा लाग्दा हुने गसिपका कारण डर लाग्दो रहेछ । मलार्ई पनि बीरगंजबाट नातिनी के हो यस्तो भन्दै फोन आउँथ्यो’ उनले सुनाइन, ‘गसिप इज गसिप ।’

कायरामा साम्राज्ञी लभरगर्ल छिन् । आर्यनसँग आफ्नो केमेस्ट्री निर्माण भएको बताउँदै उनले फिल्म राम्रो बनेको प्रतिक्रिया दिइन् । अहिले उनको हातमा कुनै फिल्म छैनन् । उनलाई असोज पहिलो साता रिलिज हुने इन्टु मिन्टु लन्डनमाको प्रवद्र्धनमा व्यस्त हुनुछ ।

Share.

About Author

Leave A Reply