‘सिंहदरबार २’ आज राती प्रिमियर हुँदै, गौरी मल्ल फिचर्ड ट्रेलर हेर्नूस

0

टेलिश्रृंखला ‘सिंहदरबार २’ शनिबार राती प्रिमियर हुँदैछ । गौरी मल्ल र प्रमोद अग्रहरि स्टारर टिभी सिरिजले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ट्रेलर रिलिज गर्‍यो ।

नवीन सुब्बा निर्देशित सिजन २ प्रत्येक शनिबार साँझ ८ः५० देखि ९ः३० बजेसम्म नेपाल टेलिभिजनमा प्रसारण हुने भएको छ । १२ भाग समावेश गरिएको सिजन २ मा संघियतामा जाँदा नेपालले सामना गर्नुपर्ने चुनौति र अवसर चित्रण गरिएको छ ।

नुमाफुङ र गुडबाइ काठमाण्डू फेम्ड निर्देशक सुब्बाले निर्माता संस्थाले सिर्जनात्मक स्वतन्त्रता दिएको बताए । गौरी मल्लले आशा सिंह नामक पात्र जो महिला प्रधानमन्त्री हुन, चरित्र चित्रण गरेकी छन् । उनले ठट्टा गर्दै अब आफू वास्तविक जीवनमा पनि चुनावका लागि रेडी रहेको बताइन् ।

रमेश रञ्जन झा, रमेश बुढाथोकी, आलोक थापा, बादल भट्ट, देशभक्त खनाल, प्रकाश घिमिरे, हेमन्त चालिसे, प्रभात रिमाल लगायतले अभिनय गरेका छन् । अमेरिकी नियोग युएसएडको सहयोगमा सर्च फर कमन ग्राउन्डले शुभ मिडिया होमसँगको साझेदारीमा सिरियल निर्माण गरेको हो ।

Share.

About Author

Leave A Reply