२२ भदौ : बक्सअफिसमा प्रदीप भर्सेस सुदर्शन

0

वर्ष २०७५ भीडन्तको अर्को वर्ष पनि हुनेछ । सातामा सोलो रिलिज विरलै प्राप्त हुन्छ । ती निर्मातालाई भाग्यमानी मान्नुपर्ने हुन्छ । यस्तै, एउटा भीडन्त प्रतीक्षित छ ।

२२ भदौमा प्रदीप खड्का स्टारर रोजी र सुदर्शन थापा निर्देशित रामकहानी रिलिज हुँदैछन् । रिलिज अन्यौलबीच नीरक पौडेल निर्देशित क्राइम ड्रामा रोजीले यस मितिलाई तय गरेको हो ।

जसले गर्दा बक्सअफिसमा पूजा शर्मा स्टारर रामकहानी र रोजी आमनेसामने हुँदैछन् । महत्वपूर्ण के छ भने, प्रदीप र सुदर्शनले यसअघि प्रेमगीतमा टीमअप गरिसकेका छन् । प्रेमगीतले नै खड्काको करियर उकासेको हो ।

Share.

About Author

Leave A Reply