बाँध मायाले : हेर्नूस गीत छायांकनका स्थिर तस्विर

0

सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध मायाले’ शीर्ष गीत छायाँकन गरिएको छ । सार्वजनिक तस्बिरमा एक्टर आर्यन अधिकारीको अंगालोमा सृष्टि श्रेष्ठबाँधिएकी छन् ।

तस्बिरमा आर्यन र सृष्टिको जोडी जमेको देखिन्छ । तस्बिर सार्वजनिक भएसँगै गीतप्रति चासो बढेको छ । अर्जुन पोखरेलले संगीत दिएको गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । कुलेखानी र राजधानीमा पाँचदिन लगाएर गीत खिचिएको हो ।

‘गीत र छायाँकनमा निकै मिहेनत गरेका छौ’, निर्देशक श्रेष्ठ भन्छन्, ‘दर्शकले मन पराउनु हुन्छ भन्ने विश्वास छ । अर्को सातातिर गीत रिलिज गरिने उनको भनाई छ । बाँध मायाले असोज ५ मा प्रदर्शन हुँदैछ ।

रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको छ । फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ ।

Share.

About Author

Leave A Reply