मीन भामको ‘चिसो वर्ष’लाई लोकार्नोमा अवार्ड

0

कालोपोथी फेम्ड निर्देशक मीन भामको नयाँ फिल्म चिसो वर्षले स्वीटजरल्यान्डको लोकार्नो फेस्टिभलमा अवार्ड जितेको छ । यस निर्माणाधिन फिल्मले ६ हजार युरो (झन्डै ७ लाख ८० हजार रुपैयाँ) जित्यो ।

दक्षिण एसियाका ६ र म्यानमारमाथि केन्द्रित गरिएको ओपन डोर हबमा मीनको फिल्मले अवार्ड जितेको हो । महिलाप्रधान रोड फिल्मलाई हिमाली क्षेत्र, पुरुषप्रधान ग्रामिण समाजको सेटिङमा खिच्न लागिएको हलिउड वेबसाइट भेराइटीले लेखेको छ ।

फिल्मले एक गर्भवती तिब्बती शरणार्थी महिलाले वैधानिक हुन हराएका आफ्ना पतिको खोजीका लागि गरेको संघर्षको कथा भन्छ । ‘यो प्रेम, विहे र त्यागको कथा हो । जुन परिस्थिती अहिले नेपाली महिलाहरु भोगिरहेका छन्’ भामले भने ।

यसअघि कान्सको सिनेफन्डेसन रेसिडेन्स, बुसान फेस्टिभलबाट स्क्रिप्ट लेखनताकै रकम प्राप्त गरेको थियो । फिल्मले नर्वेजियन साउथ फिल्म फन्डबाट समेत फन्ड प्राप्त गर्नेछ । Photo : Kantipurdaily

Share.

About Author

Leave A Reply