नेपाल क्रिकेट टोलीका चिकित्सक सलमानको भारतका फिजियो

0

नेपाली राष्ट्रिय क्रिकेट टीमका फिजियो डा. पुरन तिरुवा सलमान खान स्टारर फिल्म भारतमा अनुबन्धित भएका छन् । उनले यसअघि आमिर खानको फिल्म ‘थग्स अफ हिन्दुस्तान’मा समेत काम गरेका थिए ।

मूभिमान्डुसँग कुरा गर्दै उनले आफू भारतमा अनुबन्धित भएको बताउँदै निर्माता अतुल अग्निहोत्रीसँगको तस्विर पठाएका छन् । जुलाई १३ बाट नै उनले भारतमा काम थालेका हुन् ।

डा. तिरुवा (दायाँ) निर्माता अतुल अग्निहोत्रीसँग ।

फिजियोको रुपमा तिरुवाले एक्सन दृश्य छायांकनको बेला कलाकार घाइते भए उपचार गर्नेछन् । अलि अब्बास जफरले निर्देशन गर्ने फिल्ममा सलमान खान, कट्रिना क्याफ, दिसा पटानी, ज्याकी श्रफ र तब्बुको मुख्य भूमिका हुनेछ ।

भारत दक्षिण कोरियाली फिल्म ओडी टु माइ फादरबाट प्रभावित हुनेछ । युन जे कियुन निर्देशित उक्त फिल्मले कोरियाली युद्धका बेला परिवारबाट अलग भएको एक साधारण मान्छेको कथा भन्छ । दक्षिण कोरियाली बक्सअफिसमा यसलाई तेस्रो उच्च ग्रसर फिल्म मानिन्छ ।

भारत भने दिल्ली, पञ्जाव र माल्टामा हुनेछ । सलमानले माल्टा पुगेरै फिल्म छायांकन सुरु भएको तस्विर ट्वीट गरेका छन् ।

Share.

About Author

Leave A Reply