मनिषा कोइराला संजय दत्तकी आमा बन्दै !

0

बलिउड अभिनेता संजय दत्तको जीवनमाथि फिल्म बन्दैछ । रणवीर कपुरले संजयको भूमिकामा अभिनय गर्दैछन् । बायोपिक फिल्मलाई राजकुमार हिरानी निर्देशन गर्दैछन् ।

निर्माण कम्पनीले केही नाम कास्टको नाम फाइनल गरेको छ । कुनै समय बलिउडमा अभिनय र सौन्दर्यबाट चर्चित नेपाली अभिनेत्री मनिषा कोइराला फिल्ममा संजय दत्तकी आमा नरगिसको भूमिकामा खेल्दैछिन् ।

मनिषालाई कास्ट गर्नुको कारणबारे हिरानीले भने, ‘धेरै अभिनेत्री खोज्यौं । मनिषा सुन्दर र मिहेनती पनि छन् । मैले उनलाई लिनुको मुख्य कारण भनेको उनले क्यान्सरसँग लडिन् र मुक्त भइन् । संजयकी आमा नरगिस पनि कुनैबेला क्यान्सर पीडित थिइन् ।

फिल्ममा अनुष्का शर्मा पत्रकारको भूमिकामा देखिँदैछन् । सोनम कपुर भने संजयकी लभ इन्ट्रेस्टको रुपमा ।

Share.

About Author

Leave A Reply