प्रियंका चोपडा र नीक जोन्सले गरे इन्गेजमेन्ट

0

अन्ततः हलिउड गायक निक जोन्स र भारतीय अभिनेत्री प्रियंका चोपडाबीच इन्गेजमेन्ट भएको छ । शनिबार मुम्बइमा आयोजित एक जमघटमा हिन्दु धार्मिक विधिअनुसार दुबैले इन्गेजमेन्ट रिङ साटे ।

दुबै जनाले इन्स्टाग्राममार्फत सन्देश दिँदै आफूहरु औपचारिकरुपमै इन्गेजमेन्टमा बाँधिएको जनाएका छन् । चोपडाको मुम्बइस्थित घरमा विहान आयोजित समारोहमा उनका आफन्त र पारिवारिक सदस्य उपस्थित थिए ।

पहेँलो रङको सारीमा प्रियंका र जिन्समा सजिएका निक खुशि देखिन्थे । दुबैको पछाडितिर एनपी नामक लोगो समेत राखिएको थियो । न्यूयोर्कस्थित गाला मेटमा यो जोडी पहिलोपटक सँगै देखिएको थियो ।

Share.

About Author

Leave A Reply