नेपाली निर्मातालाई हलिउड विज्ञको टिप्स (भिडियोसहित)

0

हलिउड निर्माता एवं प्राध्यापक डभ साइमेन्स अहिले काठमाडौंमा छन् । विश्व चर्चित दुई दिने स्कुल अभियान लिएर ओर्लिएका उनले विहिबार मिडिया वार्तालाप गरे । मूभिमान्डुसँग उनले लामै बिजनेस टक गरे ।

हलिउड र बलिउड सिनेमाको फलो नगर्न उनले नेपाली फिल्म निर्मातालाई सुझाए । ‘तपाईंहरु आफ्नै स्टाइल फलो गर्नूस, यसले आफ्नै खाले बजार पनि बनाउँछ’ उनले भने, ‘कलाको लागि मिहेनत गर्ने तर बिजनेस राम्रो भएन भनेर कम्प्लेन नगर्नूस ।’

‘राम्रो फिल्म बनाउन ठूलै पैसा चाहिन्छ भन्ने होइन, यसका लागि तपाईंले सरल कथावस्तुमा पनि सिनेमा बनाउन सक्क्नुहुन्छ’ उनले भने । हलिउडमा कलाका लागि कुनै स्थान नरहेको चर्चा गर्दै उनले अमेरिकी फिल्म उद्योग व्यापार र बिज्ञापनको थलो भएको बताए ।

जर्ज क्वारिन्टनो, जर्ज क्लुनी, विल स्मिथ लगायत हलिउडका ठूला नामहरुलाई पढाएका उनी फिल्म कला भन्दा पनि पैसा हो भन्ने मतका अगुवा हुन् । जनवरी २२ र २३ मा काठमाडौंमा हुने दुई दिने फिल्म स्कुलमा पढाउन उनी काठमाडौं आइपुगेका हुन् ।

हेर्नूस पूर्ण भिडियो :

Share.

About Author

Leave A Reply